समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सप्तरी, १० पुस ।
राजगढ गाउँपालिकामा विद्युत चुहावट नियन्त्रण गर्न गएका प्रहरीको दुर्व्यवहारपछि महिलालाई हृदयाघात भएको छ । वडा नम्बर २ कमलपुरका ४० वर्षीया सवितादेवी झाको हृदयाघातबाट मृत्यु भएको हो ।
भारतीय नाकासँगै जोडिएको टोलमा पटकपटक भएको डकैतीले स्थानीयहरु त्रसित भएका बेला प्रहरीले डकैतीय शैलीले घरमा पसेर गरेर गर्दा महिलालालाई डरले हृदयघात भएको आफन्त जीतेन्द्रकुमार यादवले बताउनु भयो ।
झाको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरी शैलीको विरोध गर्दै मृतक परिवारलाई उचित राहत माग गरेका छन् । प्रहरीको शैलीमा सुधार तथा मृतक परिवारलाई राहत व्यवस्था नभए शव पोष्टमार्टम गर्न नदिइने वडाध्यक्ष ललितनारायण सिंहले बताउनु भयो । प्रहरी उपरीक्षक राजेन्द्र विष्टले प्रहरीकै कारण महिलामा डर उत्पन्न भएर हृदयाघात भएको स्वीकार्नु भयो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here