समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



सहबाज खान
कपिलबस्तु , २९ पुस ।

रुपन्देहीको शंकरपुरमा प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ । मृतक तस्कर भएको नेपाल प्रहरिले जनाएको छ ।

गस्तिमा रहेका प्रहरिले भारतिय नम्बर प्लेटको यूपी ५३एच२०२८ मोटरसाईकलमा आएका तस्करलाई रोक्न खोज्दा तस्करहरुले गोलि चालाएपछि प्रहरीको जवाफी कारवाहीमा परी मृत्यु भएको जिल्ला प्रहरी रुपन्देहीका डीएसपी डिल्ल बहादुर मल्लले जानकारी दिएका छन् ।

दोहोर गोलि चले पछि एकजना प्रहरी जवान कृष्ण श्रेष्ठ पनि गोलिलागि घाइते भएका छ्न । पाखुरामा गोलि लागेका उनको उपचार भैरहेको छ । घटना स्थलबाट एकथान पेस्तोल र भारतीय नम्बर प्लेटको बाइक बरामद डिएसपी मल्लले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here