समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश २ मा रिक्त ४ सिटका लागि राष्ट्रियसभा निर्वाचनको क्रममा कडा सुरक्षाका विच शान्तिपूर्ण रुपमा मतदान जनकपुरधाम स्थित सुरु भएको छ । निधार्रित समय १० बजेदेखि जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडी रहेको महेन्द्रनारायाण निधि सांस्कृतिक केन्द्रमा मतदान सुरु भएको मतदान अधिकृत डा. शम्भु साहले जानकारी दिएको छ ।

मतदानस्थलको चारैतिर सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदान केन्द्र भित्र संचारकर्मीलगायत मतदाताहरुलाई समेत मोवाइल लैजान निषेध गरिएको छ । प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनका १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ७९ मतदाता छन् । प्रदेश २ मा नेकपा र राजपाविच गठबन्धन गरिएको छ । नेकपा र राजपाको गठबन्धनमा १ सय ९४ मतदाता रहेको छ । नेपाली काग्रेस र समाजवादीविच गठनबन्धन रहेको छ । नेपाली काग्रेस र समाजवादीको गठबन्धनअनुसार प्रदेश २ मा जम्मा मतदाता १ सय ८४ रहेका छन् भने एक जना स्वतन्त्र रहेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेका छन् । आठवटै जिल्लाका मतदाता प्रदेश सांसद, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख मतदान स्थलमा आइपुगेका छन् ।
प्रदेश नंं.२ मा राष्ट्रिय सभाको चार सदस्यका लागि जारी निर्वाचनमा ८ जनाले उम्मेदवारी दिएका छन् ।

नेकपा र राजपाको गठबन्धनबाट महिला एकपदमा नेकपाको तर्फबाट तुलसा कुमारी दाहाल, दलित पदमा नेकपाको तर्फबाट राधेश्याम पासवान, अल्पसंख्यक पदबाट राजपाबाट शेखरकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा रहेका छन् ।

नेपाली काँग्रेस र समाजवादीको गठबन्धनको तर्फबाट नगिना यादव, दलित पदमा समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान, अल्पसंख्यक पदबाट नेपाली कांग्रेसबाट भोला पञ्जियार र खुल्लाबाट अनिरुद्धकुमार सिंह चुनावी मैदानमा रहेका छन् । मतदान बेलुका ४ बजेसम्म हुने मतदान अधिकृत साहले जानकारी दिए ।

मतदान सम्पन्न भएलगतै मतगणना गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here