समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरटाईम्स डेस्क
वीरगञ्ज, १९ माघ ।
प्रदेश २ सरकारले सोनाम ल्होसारमा पनि सार्वजनिक बिदा दिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले सोनाम ल्होसारको दिन माघ २२ गते सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।
पर्साको ठोरी गाउँपालिका सुर्वणपुरको बाघमोर्चामा शनिबार आयोजित सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रममा बोल्दै राउतले ल्होसारमा बिदा दिने घोषणा गरेका हुन् ।
‘प्रदेश २ मा एक लाख १५ हजार तामाङ जातिको बसोबास छ’, मुख्यमन्त्रीमा निर्वा्चित भएपछि पहिलो पटक ठोरी गाउँपालिकामा आएका राउतले भने। ठोरी गाँउपालिकासँग आफ्नो विशेष लगाव र स्नेह रहेको भन्दै उनले ठोरीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।
‘ठोरी गाउँपालिको विकासका लागि आवश्यक पूर्वाधारको तथ्याङक दिनुहोस्’, मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले योजना ल्याउँछ ।’
यसअघि संघीय सरकारले सोनाम ल्होसारको बिदा कटौती गरेपनि प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।