प्रदेश २ मा पर्यटक लोभ्याउने प्रमुख केन्द्र विन्दु जानकी मन्दिर ।
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी प्रचारप्रसार अभियान सञ्चालन गरेको छ । भ्रमण वर्ष अभियानले विशेषगरी पाँच कुरा ‘कल्चरल’, ‘एडभेन्चर’, ‘स्प्रीचुवल’, ‘वाइल्डलाइफ’ र ‘माइस टुरिज्म’लाई प्राथमिकतामा राखेका छन् । धार्मिक, सांस्कृति र पर्यटकले परिचित रहेको प्रदेश २ पनि सरकारको प्राथमिकतामै र्पछन् । तर, भ्रमण वर्ष सुरु हुन् करिव दुई महिना मात्र बाँकी भए पनि प्रदेश २ मा यसको कुनै सुरसार देखिएको छैनन् ।

सरकारले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्यिाउने लक्ष्य राखेको छ । तर, पर्यटकको मुख्य आकर्षण केन्द्र मध्ये एक रहेको जनकपुरसहित प्रदेश २ मा भने भ्रमण वर्ष तयारीको चहलपहल शून्य छ । अन्य पर्यटकीय ठाउँमा भ्रमण वर्षको प्रचारप्रसार सुरु भए पनि यहाँ न तयारी छ, न त सरोकारबला निकायलाई जानकारी नै । स्थानीय सरकारदेखि सरोकारवाला सबै बेखबर छन् । प्रदेश सरकारको तर्फबाट कुनै तयारी अहिले सम्म नभएको प्रदेश सभा सदस्य एवं सफाई अभियानी रामअशिष यादवले बताए । सरोकारबला निकायले तयारी नगरेको स्वीकार गर्दै भ्रमण वर्षको तयारीमा तीनै तहको समनव्य आवश्यक रहेको उनले उल्लेख गरे ।

पर्यटक भित्र्याउन सांस्कृतिकको संरक्षण, सौन्दर्यकरण र स्वच्छतामा जोड दिई त्यसको प्रचारप्रसार पनि उक्तिकै आवश्यक रहेको उनले बताए । ‘सांस्कृतिक र धार्मिकले परिचित सहरको प्रचारप्रसार निमित बोर्डसमेत कतै देखिदैनन्,’ उनले भने, ‘पर्यटक आउँछ जानकी मन्दिर दर्शन गरेर जान्छ । जानकी मन्दिर बाहेक अरु पनि पर्यटकीय ठाउँमा लाग्ने करिडोर बनाउनु पर्छ ।’ प्रदेशका पर्यटकीय क्षेत्र सम्म संरक्षण र प्रचार अभावमा पर्यटक पुग्न नसकेको उनले बताए ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जगनाथप्रसाद जयसवालले भ्रमण वर्षको विषयलाई लिएर छलफल भएपनि योजनाको टुङ्गो अझै लागन नसकेको बताए । प्रदेश सरकारले गरेको तयारी बारे आत्म समिक्षा गर्दै खाशै तयारी नभएको उनको भनाई छ । प्रदेश सरकारले छिट्टै पर्यटक भित्र्यिाउने योजनाहरु छनौट गरी प्रचारप्रसारमा लाग्ने उनले जनाए ।

एशियाकै सबै भन्दा ठुलो प्रवेशद्धार ‘रामान्नद प्रवेश द्धार’ ।

‘संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको सुनेको छु,’ होटल तथा पर्यटन व्यवसायी संघ धनुषाका अध्यक्ष सुरेनद्र भण्डारीले भने, ‘अरू केही थाहा छैन । यस विषयमा कुनै सरोकारबला निकायसंग छलफल पनि भएको छैन ।’ प्रदेश २ मा पर्यटक भित्र्यिाउन वातावरण स्वच्छ र सवारीमा भन्सार छुट गर्नु पर्ने उनको भनाई छ । पर्यटक भित्र्याउनमा प्रशासन बाध्क बनेको उल्लेख गर्दै व्यवसायी सञ्चालन र सीमानाकामा ठोस नीतिको आवश्यकता रहेको उनले औल्याए ।

भ्रमण वर्षको तयारी औपचारिक रुपमा सुरु नभए पनि अनौपचारिक रुपमा सुरु गरेको उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष हरिशंकर साहले बताए । ‘भ्रमण वर्ष लक्षित गरी सरकार भन्दा फरक पर्यटक भित्र्याउने योजना ल्याउने तयारीमा छौं,’ उनले भने,‘स्थानीय र प्रदेश सरकारको सहयोग भयो भने झन बढी पर्यटक हामी भित्र्यिाउन सक्छौं ।’ व्यवसायीका समस्या उजागर गर्दै तीनै तहको सरकार व्यवसायीलाई वेवास्ता गरेको उनले आरोप लगाए ।

पर्यटक भित्र्यिाउन स्थानीय सरकारको मुख्य भुमिका रहेपनि नगरका प्रमुखहरु त्यस प्रकारको कुनै योजनाहरु नलाएको उनले बताए । प्रदेश २ का पर्यटकिय ठाउँमा रहेको फोहर र लामखुट्टे बारे उदाहरण दिँदै यस प्रकारको समस्या न्युनिकरणको लागि स्थानीय सरकारले केही नगरेको उनको तर्क छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिसोर साहले भ्रमण वर्ष बारे आँफू अनविज्ञ रहेको बताए ।

‘यो विषयमा कुनै पनि निकायबाट, कुनै प्रकारको अधिकारिक जानकारी आएको छैन,’उनले भने,‘सायद संघ र प्रदेश सरकारले योजना बनाउँदै होला । सञ्चार माध्यमबाट जानकारी भएको छ । तर, यस विषयमा कुनै निकायसंग छलफल र समनव्य भएको छैन ।’ महत्तवपूर्ण पर्यटकीय ठाउँको प्रचारप्रसार गरी प्रदेशमा पर्यटक भित्र्यिाउन सक्ने उनको विश्वास छ ।

प्रदेश भित्र रहेको पर्यटकीय स्थल, मठ–मन्दिर र पोखरीहरु संरक्षण, सौन्दर्यकरण हुन नसक्दा आएको पर्यटक पनि टिकाउन हम्मे परेको उनले बताए । ‘यहाँ राम्रो होटल छैन, व्यवसायीहरु पर्यटकसंग गुण्डा शैलीमा बोल्छन्,’उनले भने,‘अर्को कुरा जति सहरको सरसफाई गरे पनि स्थानीय बासिँदाको मानसिकता परिर्वतन नभए सम्म स्वस्च्छताको अर्थ हुँदैनन् । फोहर गर्ने स्थानीय बासिन्दा हुन, उनीहरु यो विषयमा सचेत हुनु पर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here