समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ३० पुस ।
प्रदेश नम्बर २ भोली(मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले मकर संक्रान्ति तथा माघी पर्व २०७५ को अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश नम्बर दुईको सोमबार बसेको मन्त्रीपरिषदको बैठकले माघे संक्रान्तिको अवसरमा माघ १ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जातीय तथा धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति पर्व तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रूपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । सोही उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरिएको बताइएको छ ।
सोही अवसरमा प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शुभकामना व्यक्त गरेका छन् ।