समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । पछिल्लो केही समयमा धनुुषा र सिरहा जिल्लाहरुमा बम विस्फोटका घटनाले मानवीय तथा भौतिक क्षति गराएको प्रति इन्सेकलगायत मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको पुष १ गते विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नपा ५ स्थित राजेश साहको घरमा २०७६ मङ्सिर २७ गते राती १२ः१० वजे भएको बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर अमिर कुमार दाहाल, घरधनी राजेश साह र निजको छोरा आनन्द कुमार साहको मृत्यु भएको छ । बम विस्फोटमै परेर घाइते हुनु भएका प्रकाश साह, अंजली साह, भिखारी साह, अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतोको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ विज्ञप्तिमा उल्लेख छ ।

जनकपुरधाममा १३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलको उदघाटन समारोहमा २०७६ मंसिर २० गते राती आयोजकले जनकपुर उपमहानगरपालिका–१३ स्थित कभर्ड हलको कम्पाउण्डमा पटाका (बम) पड्काएका थिए । यसरी पटकाएको पटाकाको उचित व्यवस्थापन नगरेको कारणले सोही स्थान वस्ने ११ वर्षीय नावालक आलोक राउतले सोही पटाका संकलन गरि घरमा लगेर खेलाउने क्रममा मंङ्सिर २१ गते विहान ९ वजे गम्भिर घाइते भई मंङ्सिर २४ गते उपचारको क्रममा विपि कोइराला मेमोरियल अस्पताल धरानमा मृत्यु भएको थियो ।

बम विस्फोट घटनामा मृत्युवरण गर्नुभएका परिवारजनलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारमा सहयोग गर्न नेपाल सरकारसँग माग गर्दछौं जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिकाको कार्यालयमा मंसिर २७ गते रातीमा भएको बम विस्फोट, मङ्सिर २९ गते धनुषाको जनकपुर ९ स्थित वागवानीदेखि संकटमोचन मन्दिरतर्फ जाने बाटोमा राति ९ बजे, मङ्सिर ३० गते विहान जनकपुर ९ कै सरस्वती माध्यमिक विद्यालय र धनुषाधाम नपा–५ पर्वताको माध्यमिक विद्यालयको भmयालमा बम जस्तो देखिएको शंकास्पद वस्तुले जनजीवन क्रसित बनाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

यस्ता घटनाहरुको निष्पक्ष रुपमा उच्चस्तरिय छानविन टोली गठन गरेर घटनाान सलग्न देखिएका व्यक्तिहरुलाई कानूनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसंग माग गर्दछौ विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश नं.२ का जिल्लाहरुमा शान्ति सुरक्षामा असर पार्ने गरी भईरहेको घटनाले आम नागरिकको सुरक्षा अवस्थामाथि गम्भिर प्रश्न उठेकाले गर्दा राज्यलाई गम्भिर भई शान्ति सुरक्षा प्रदान गर्न र सर्वसाधारण जनतालाई भयरहित वातावरणमा बाच्न पाउनुपर्ने अधिकारको रक्षा गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौ ।

अपराध र आपराधिक गतिविधिले कसैलाई फाईदा नपुग्ने भएकाले मानवअधिकारको प्रत्याभुती हुने कार्य गर्न गराउन सबैमा अपिल गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, एड्भोकेसी फोम, प्रदेश २ , तराइ मानवअधिकार रक्षक संजाल (थर्ड एलाइन्स) प्रदेश २, ओरेक नेपाल, महिला अधिकार रक्षक संजाल धनुषा, जिल्ला युवा संजाल, धनुषा, निल हिरा समाज र उन्नत नेपालले संयुक्त रुपमा पुष १ गते विज्ञप्ति जारी गरेको छ ।