समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


चन्द्रदेव साह 

मधेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान : शुभारम्भ । तस्बिर : बुधेश्वर रजक / जनकपुरटाईम्स

जनकपुरधाम, १० फागुन ।

प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत ’छोरी शिक्षा बिमा’ शुभारम्भ गरिएको छ ।

छोरीलाई प्रोत्साहन गर्न प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सार्थकता प्रदान गर्न छोरी शिक्षा बिमा कार्यक्रम एक समारोहबीच संघीय नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा विधिवत् रूपमा उद्घाटन गरिएको हो ।

राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा विधिवत् रूपमा उद्घाटन

यस अभियानबाट मधेशी समाजमा छोरीसँग गरिने व्यवहारमा परिवर्तन हुने विश्वास लिइएको छ। अबदेखि छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरी आवश्यक प्रक्रिया पुरा गरेपछि प्रदेश सरकारले बैंकमा निश्चित रकम जम्मा गरिदिनेछ । त्यो रकम २० वर्ष उमेर पुरा भएपछि झिक्न मिल्नेछ । त्यस बखत उक्त छोरीले १ लाख २५ हजार रुपैयाँ पाउनेछिन् ।

अहिले प्रदेश २ अन्तर्गत रहेका ८ जिल्लाका एक-एक पालिकामा मात्रै शुरु गरिएपनि पछि यसलाई विस्तार गर्दै लैजाने उद्देश्य प्रदेश सरकारले लिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत । तस्बिर : बुधेश्वर रजक / जनकपुरटाईम्स

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशी समाजमा छोराभन्दा छोरी उपर विभेद हुने भएकोले समाज शिक्षित हुन नसकेको र अन्य प्रदेशभन्दा प्रदेश २ पछि परेको उनले बताए । उनले मधेश र समग्र मुलुक नै विकासका लागि छोराछोरीलाई समान शिक्षा र अवसर दिनुपर्ने जिकिर गरे ।

मुख्यमन्त्री राउतले सम्बोधन गर्दै भने, (’मैले प्रदेशको विकासको लागि दुई किसिमको खाका कोरेको छु, एउटा भौतिक त अर्को सामाजिक, सडक, पुल, आलिसान भवनसँगै सामाजिक विकास गरिएन भने समाजको वास्तविक विकास हुँदैन, तसर्थ ’बेटी पढाउ, बेटी बचाउ’ अभियान चलाई प्रदेशसँगै राष्ट्रलाई समृद्ध बनाउने निधो गरेको छु ।’)

यस अभियानबाट परम्परा र रीति स्थितिको नाममा छोरी माथि हुने विभेदको अन्त्य हुने विश्वास लागेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । उनले अभियानको उद्घाटन गर्दै हाम्रो आवश्यकता र विभिन्न देशको अनुभवलाई आत्मसात गर्दै ‘बेटी पढाउ बेटी बचाउ’ जस्तो महत्वपूर्ण कार्यक्रम प्रदेश सरकारले कार्यान्वयनमा ल्याउन लागेकोमा सराहना गरिन् ।

राष्ट्रपति विद्यादेवि भण्डारी । तस्बिर : बुधेश्वर रजक / जनकपुरटाईम्स

उनले समाजमा कतिपय धारणा छोरी जन्मनु अभिषापको रुपमा लिने परम्परालाई तोड्न प्रदेश सरकारले छोरी जन्मनासाथ शैक्षिक बिमा सञ्चालन गर्ने कार्यक्रम अगाडी बढे छोरीलाई सम्मान गर्ने र छोरीको महत्व बुझ्ने सोचको विकास हुने विश्वास लिएको समेत बताइन् । मधेश सरकारको ’बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई चौतर्फी प्रशंसा गरिएको छ । यस अभियानबाट मधेशी समाजमा छोरीसँग गरिने व्यवहारमा परिवर्तन हुने विश्वास लिइएको छ । जसबाट छोरीको पनि हरेक क्षेत्रमा सामान सहभागिता हुने र मधेश समृद्धिको बाटोमा मोडिनेछ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here