समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । अभियन्ता सम्मेलन २०२० वीरगञ्जमा हुने भएको छ। विभिन्न पेसामा रही समाजसेवा गर्दै आएका व्यक्तित्वहरूको सहभागितामा सम्मलेन गर्न लागिएको छ। ८ मार्च  २०२० मा वीरगंजमा हुने सम्मेलनमा  २ सय भन्दा बढी सामाजिक अभियन्ताहरू सम्मेलनमा सहभागी हुनेछन्। भोर र प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियानको नेतृत्वदायी पहलमा उक्त सम्मेलन २०२० गर्न लागिएको हो। 

सम्मेलनमा नेपाल, भारत तथा विश्वका अन्य मुलुकमा रही प्रदेश २ का लागि समाज सेवा गरि राखेका अभियन्ता सम्मेलनमा सहभागी गराउन लागिएको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। तीन जना अन्तराष्ट्रिय मुख्य वक्ता रहने सम्मेलनमा २ वटा उच्च स्तरीय प्यानेल डिस्कसन, १० वटा सामानान्तर सेटेलाइट वर्कसप, ११ विधामा अभियन्ता अवार्ड प्रदान, प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचन र विविधतामा एकता प्रर्वद्धन गर्ने सांस्कृतिक साँझ लगायतका कार्यक्रम सम्मन्न हुने महतोले बताए। 

सम्मेलनमा १० वटा क्षेत्रमा सेवारत अभियन्ता सहभागी हुने आयोजकले उल्लेख गरेको छ। सामाजिक विकास, संस्कृति, भाषा, सम्पदा, कला र पर्यटन, आर्थिक उन्नति, रोजगार, व्यापारका साथै प्राकृतिक विपदलगायतका क्षेत्रमा काम गर्ने समाजसेवीहरूको सहभागिता हुनेछ। 

सम्मेलनमा सहभागिताका लागि सोमबारदेखि दर्ता खुल्ला गरिएको समेत आयोजकले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here