समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


वीरगन्ज । वीरगन्जमा प्रदेश २ बुद्धिचाल संघको प्रथम अबिधेशन शनिबार सम्पन्न भएको छ । वीरगन्जको होटल दरबारमा आयोजित अधिवेशनले प्रदेश २ बुद्धिचाल संघका संयोजकमा अनुप अग्रवाल रहने गरि ९ सदस्यीय समिति चयन गरेको छ ।

प्रथम अबिधेशनको उद्घाटन वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरेका थिए । यसअघि साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष केडियाले वुद्धिचाल खेललाई विद्यालय तहबाट नै माथी उठाउन लागि आवश्कता रहेको बताए । उनले बुद्धिचाल खेलले शहर चिनाउने भएकाले यसमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ ,उपाध्यक्ष आशिष श्रेष्ठ,सचिव धर्मबहादुर लामा ,केन्द्रिय सदस्य उमेश श्रेष्ठ, रामकिशोर सिंह पराग ,नेकपाका युवा नेता अरबिन्द्र सिंह लगायतकाले मन्तव्य राखेका थिए ।

नेपाल वुद्धिचाल संघको आगामी केन्द्रिय अधिवेशन चैत्र २८ र २९ गते वीरगन्जमा हुने केन्द्रिय सदस्य रामकिशोर सिंह परागले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here