समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका छन ।

प्रदेशको नामाकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश , नेपाली काँग्रेसले मिथिला भोजपुरा र केही सभासदहरुले मध्यमधेश दर्ता गराए छन ।

दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटक पटकको छलफल पछि दलहरु मधेश प्रदेश नजिक पुगेका छन ।

सबै दलका संसदीय दलका नेताहरु समेतको सहभागितामा आइतवार सम्पन्न समितिको बैठक नामाकरणको विषयमा सहमति नजिक पुगेको नेताहरुले प्रतिक्रिया दिएकोछ ।

बैठकमा सत्तारुढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनु पर्नेमा अडिग रहेपनि सहमतिको लागी भन्दै नेकपाले जानकी मधेश र नेपाली काँग्रेसले मिथिला मधेश नाम अघि सारेका छन ।

प्रदेश नं. २का मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्गयाउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिएकोछ । उनले मुलुकमा संघीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनुपर्ने बताए ।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली काँग्रेस समेत मधेशलाई स्वीकार्य गरेकोमा धन्यवाद दिनु हुँदै अगामी बैठकले टुंगो लाग्ने विश्वास व्यक्त गरे ।

यता प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफुहरु सहमतिको लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउँदै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गरेको छ ।

त्यसै गरि नेपाली काँग्रेस संसदीयदलका नेता राम सरोज यादवले पनि सहमतिको लागी मिथिला मधेश नाम अघि सारेको भएपनि सत्तापक्ष मधेश बाहेक केही सुन्नै नचाहेकोले आजको बैठक निष्कर्ष विहिन भएको बताए । उनले सहमतिको लागि आफुहरु सदैब तयार रहेको प्रतिक्रिया समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here