समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुधाम । करिव डेढ महिना पश्चात सोमबार बसेको प्रदेश २ को प्रदेशसभा बैठक प्रतिपक्षी दलहरुले अवरुध गरेका छन् ।

प्रदेश सभा सुरु भए लग्त्तै जनता आवास,सांसदहरुको संसदीय कोषको कार्यविधी,सशर्त अनुदान लगायतका बिषयमा सरकारबाट समुचित रुपमा संतोषजनक जवाफ नआएको भन्दै नेपाली काँग्रेसका सांसदहरु विरोधगरि सदन स्थगित गराएका हुन् ।

जनता आवास,सांसदहरुको संसदीय कोषको कार्य्विधी,सशर्त अनुदान लगायतका बिषयमा सरकारबाट समुचित रुपमा संतोषजनक जवाफ नआएको भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले विरोध जनाएका थिए ।

सांसदहरुले सरकारसंग जवाफ माग्दै विरोध जारी राखेपछि सभामुख सरोज रायले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

बैठकमा नेपाली कांग्रेस र नेकपाका सांसदहरुले आवाज उठाईरहँदा राजपा नेपालका सांसद उपेन्द्र महतोले समेत समर्थन जनाएका थिए । सांसद महतोले मुख्यमन्त्री लगायत वर्तमान सरकारमा रहेका मन्त्रीहरुले बदनीयतपुर्ण तरिकाले उपभोक्ता समितिलाई भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लगाउँदै उनीहरु अनुभव हिन रहेको जिकिर गरे । महातोले वर्तमान सरकारको मन्त्रीमण्डल अज्ञानीहरुको समुह रहेको समेत आरोप लगाए ।

बैठकको बिचमा बोल्दै कांग्रेस प्रमुख सचेतक उपेन्द्र कुशवाहाले सरकारको रवैयाप्रति आपत्ति जनाउँदै गर्दा सांसदहरुले आ.आफ्नो ठाउँबाट उठि विरोध जनाएका थिए ।

सभामुखले सांसदहरुलाई आ.आफ्नो स्थानमा बस्न आग्रह गरेपनि सांसदहरु उभिएर विरोध गरेपछि बैठक स्थगित भएको घोषणा गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here