समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गतको छोरी विमा सप्ताह आठ बटै जिल्लामा एकसात शुरु भएको छ ।

अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले विरगंजको त्रियुद्ध माविबाट गरेका छन् । त्यसैगरि बाराको सिद्धेश्वर मावि कलैया, रौतहटको बाल मन्दिर गौर, सर्लाहीको इश्वरपुर नगरपालिकाको कार्यालय, महोत्तरीको लचमु मावि जलेश्वर, धनुषाको लक्ष्मिनिया गाउ पालिकाको कार्यालय, सिरहाको कल्याणपुर नपा स्थित रेडक्रस भवन र सप्तरीको बोदेबरसाइन चन्द्र माविबाट एक साथ शुरु भएको छ ।

यो अभियान एक महिनासम्म गाँउपालिकामा १ दिन, नगरपालिकामा २ दिन, उपमहानगरमा ३ दिन र महानगरमा ४ दिन शिविर संचालन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here