समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश २ को उत्कृष्ट भाषा मैथिली भएको प्रदेश प्रमुख तिलक परियारले बताएको छ ।

जनकपुरस्थित मैथिली विकास कोषको १८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले भने, ‘यो प्रदेश नम्बर २ मा मुख्यतय तीन भाषा बोलिन्छ । जसमध्ये पनि मैथिली भाषा उत्कृष्ट हो ।’

उनले आफ्नो भाषाको संरक्षण कसरी गर्ने ? भन्ने विषयको जिम्मा त्यहाँकै स्थानीयको भएको सुझाव दिए । मैथिली भाषा तथा संस्कृतिको क्षेत्रमा निरन्तर योगदान पु-याउँदै आएका जनकपुरका दुई स्रष्टालाई पुरस्कृत पनि गरिएको छ ।

जनकपुरस्थित मैथिली विकास कोषले १८ औं वार्षिकोत्सवको अवसरमा प्राध्यापक डा.सुरेन्द्र लाभ र बुटवलस्थित मैथिल समाजका अध्यक्ष मुखीलाल चौधरीलाई पुरस्कृत गरेको हो ।

डा.लाभलाई ‘धिरेन्द्र साहित्य संस्कृति पुरस्कार’ र चौधरीलाई ‘सलहेस संस्कृति पुरस्कार-२०७५’ बाट पुरस्कृत गरिएको कोषले जनाएको छ । दुवै पुरस्कारको राशि जनही ५१ हजार रूपैयाँ रहेको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, राजपाका प्रमुख सचेतक परमेश्वर साह, समाजवादी पार्टीका संसदीय दलका उपनेता रामअशिष यादव, नेकपाका प्रदेशसभा सदस्य शत्रुध्न महतो, कांग्रेसका प्रदेशसभा सदस्य प्रमिला दास, मधेसी आयोगका अध्यक्ष विजय दत्त, वरिष्ठ साहित्यकार रामभरोस कापडी, पूर्वप्राज्ञ रमेश रञ्जन झा, साहित्यकार रेवतीरमण लगायतले पनि आ–आफ्नो भनाइ राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here