समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम नै कायम हुने भएको छ । प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने सन्दर्भमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा प्रदेशको राजधानी जनकपुर तोक्ने सहमति जुटेको हो ।

राजधानी जनकपुर नै कायम गर्ने निर्णय समितिमा सर्वसम्मतिले पारित भएको समिति संयोजक समेत रहेका सभामुख सरोजकुमार यादवले जानकारी दिए । समितिले प्रदेश राजधानीको सीमा पनि टुङ्गो लगाएको छ । यो प्रस्ताव प्रदेशसभाको दुईतिहाइ बहुमतले पारित भएपछि राजधानीको अन्तिम टुंगो लाग्नेछ ।

‘उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्रा्ष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति जुटेको छ,’ सभामुख यादवले भने, ‘समितिमा सर्वसम्मतिले उक्त प्रस्ताव पारित गर्न सफल भएका छौं ।’

विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगिएको सभामुख यादवले बताए । पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here