समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले आज बिहान दिलिप महतोको परिवारसित भेटघाट गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित दिलिपको घरमा उनको बुवा, आमासित भेटघाट गरेका छन् ।

मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तीहरुमापिथ हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आप्mनो तर्पmबाट कुनै कसर बाँकी नराख्ने बताए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहेको दिलिपको बुवा रामजीवन महतोलाई विश्वास दिलाए । सो क्रममा मुख्यमन्त्री राउतले दिलिपको तस्वीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरेको थियो ।

प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ । गएको शुक्रबार बालुवा, गिट्टी उत्खनन्को विरोध गरेको रामजीवन महतोको २४ वर्षिय छोरा दिलिप भनिने ओमप्रकाश महतोको रडले घोचि टिपरले किचेर हत्या गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here