समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारको स्वकीय सचिवमा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य अनिल कुमार पासवान नियुक्त भएका छन् । प्रदेश प्रमुख परियारले धनुषाका पासवानलाई आफ्नो स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

१० वर्षे माओवादी जनयुद्धकालमा पासवान जनमुक्ति सेनामा लागि सर्वहारा वर्गको उत्थान तथा परिवर्तनका लागि युद्धमा होमिएका थिए । जनमुक्ति सेनामा हुँदा पासवान कम्पनी भाईस कमान्डर थिए । तात्कालीन नेकपा माओवादी केन्द्र निकट वाइसियलका प्रदेश २ का सहसंयोजक समेत रहिसकेका पासवान अहिले राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य समेत छन् ।

उनी नेकपा तथा राष्ट्रिय युवा संघभित्र ईमान्दार छविका मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here