समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


अनिल कुशवाहा
महेन्द्रनगर, २३ मंसिर ।

क्षीरेश्वरनाथ नगरपालिकाको आयोजनामा भईरहेको वडा स्तरीय फुटबल प्रतियोगिमाथि महेन्द्नगरले कब्जा जमाएको छ ।
शनिवार भएको अनितम चरणको खेलमा वडा नं. ३ पकडियालाई वडा नं. ५ महेनद्रनगरले शुन्यका विरुद्ध ४ गोल प्रहार गरि प्रतियोगिता माथि कब्जा जमाउन सफल भएको हो ।
महेन्द्रनगर स्थित क्षीरेश्वर जन्ता उच्च मा.वि.को खेलमैदानमा मंसिर १५ गते देखि सुरु भएको प्रतियोगितामा ८ वटा समुह सहभागि भएको थियो । नगरपालिकाको सहयोग र क्षीरेश्वर स्पोर्टको आयोजनामा भएको यस प्रतियोगितामा प्रथम हुने महेन्द्रनगर टिमलाई नगद १० हजार र द्वितिय हुने टिमलाई नगद रु. ५ हजार सहित प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ ।


त्यसैगरि प्रतियोगितामा वेस्ट स्कोररको उपाधी महेन्द्रनगर तर्फका टिमका कृष्ण यादव, बेस्ट प्लेयर वडा नं. ५ का प्रकाश अधिकारी र वडा नं. ६ का इन्द्रजित पासवान, वेस्ट डिफेन्स वडा नं. ३ का अब्दुल वारिक हुसेन, वेस्ट मिड फिल्डरका उपाधी वडा नं. ५ का विरेन्द्र यादवलाई प्रदान गरिएको छ ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गरी उत्कृष्ट खेलाडीलाई भोलिको दिनमा दक्ष टिम बनाउन उदेश्यका साथ यो खेल खेलाइएको कल्वका अध्यक्ष केवल मुखियाले जनकारी दिएका छन ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here