समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


‘The Best News Portal For Information’ भन्ने मुल नाराका साथ एक वर्ष अगाडि आजकै दिनदेखि प्रकाशन सुरु गरेको हामीले पहिलो वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेका छौँ । विश्वभरि नै अनलाईन पत्रकारिताको माध्यमबाट सूचना प्रवाह गरि सभ्य र खबरदारितामुलक समाज निमार्ण गर्ने हाम्रो अभियान रहेको छ । एउटा अनलाइन पत्रिका, श्रव्य र दृश्यका माध्यमबाट, अनलाइन वा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचार, रिपोर्टले समाज परिर्वतनमा ठुलो भूमिका राख्दछ भन्ने हाम्रो विश्वास छ ।

गणतन्त्र, संघीयतामा जनता र मुलुकको हित हुनुपर्दछ । समाजमा रहेको विभेदको अन्त्य गरेर समान समाजको निमार्ण गर्न सके मात्र ‘समृद्ध नेपाल’को सपना साकार हुन्छ । त्यसैले हामी सबै मिलेर देश बनाउन अब पनि लागेनौँ भने आउने धेरै पुस्ताले दुःख पाउनेछन् । आत्मनिर्भर मुलुक बनाउन कुनैपनि जात, धर्म र वर्ग भनेर विभाजित मानसिकता बोकेमा देश बन्दैन भन्ने हामीले बुझ्नु पर्दछ र यो अभियानमा तपाँई हामी सबै मिलेर लाग्नुपर्ने समय आएको छ ।

देश रहे हामी रहन्छौँ भन्ने अभिप्रायका साथ नेपालमा रहेको असमानता र गरिबीको खाड्ललाई हटाउनु हामी सबैको दायित्व हो । पटक–पटक जनताले रगत बगाएर ल्याएको परिवर्तनले पनि उहीँ सामन्ती अवशेषलाई पुज्नुपर्ने देखिएकाले फेरी एक पटक सजक र खबरदारी गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसलै देश बनाउने यो अभियानमा जनकपुरटाईम्स डटकम अनलाईन मिडिया सधैँ साथमा रहनेछ । पत्रकारिताको मुल मर्म र धर्मलाई हामीले आत्मसात गर्दै समाजमा सत्य तथ्य समाचार प्रकाशित गर्ने प्रयास गरिरहेका छौँ र गरिरहनेछौँ ।

संचारकर्ममा प्रत्येक विषय आफैँमा नयाँ सिकाई रहने भएकाले हामी आफै सिक्दै, विभिन्न समाचार, रिपोर्ट, कार्यक्रम सम्बन्धी जानकारी पस्कने अवसर प्राप्त गरेका छौँ । एक वर्षको अवधिमा जनकपुरटाईम्स डटकमका यात्राका क्रममा धेरै कुराहरु सिक्ने अवसर पनि प्राप्त भएको छ । बाँकी दिनहरु अझ प्रेरणादायी र शिक्षामूलक हुने अपेक्षा गरेका छौँ ।

तथ्यपरक पत्रकारितामार्फत समाजलाई जागरुक गराउनेतिर पनि हामी क्रियाशील हुनेछौँ । हामी हाम्रा पाठकहरुको सुझावलाई हमेशा उच्च महत्व दिन्छौँ र आगामी दिनहरुमा यहाँका सुझावहरु हाम्रा लागि अझ महत्वपूर्ण हुने कुरामा विश्वास दिलाउन चाहन्छौँ । सबल शासन व्यवस्थाका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण पक्ष हो । त्यसैले आगामी दिनमा हामी जनताका आवाजहरुलाई जनकपुरटाईम्स डटकम मार्फत थप मुखरित गर्ने कुरामा जोड दिनेछौँ ।

जनकपुरटाईम्स डटकमले संचालन गरेको प्रदेश नं. २ कै पहिलो अनलाईन टिभी, नेपाली तथा अंग्रेजी भाषाको समाचार लगायत विविध पक्षलाई यो एक वर्षको छोटो अवधिमै हाम्रा तमाम पाठकहरुले गर्नुभएको अगाध मायालाई हामी नमन गर्न चाहन्छौँ । साथै, तमाम विज्ञापनदाता, लेखक, सहकर्मी र शुभेच्छुकहरुले पु¥याएको अतुलनीय योगदानप्रति पनि आभारी छौं ।

यो लामो यात्रामा एक वर्ष त केवल एक खुडकिला मात्रै हो, आगामी धेरै वर्षहरुमा अझ हामी फैलिने प्रयासमा हुनेछौं । त्यसका लागि सदैव यहाँहरुको साथ, सहयोग र शुभेच्छा हामीलाई जरुरी पर्नेछ ।

अन्त्यमा जनकपुरटाईम्स डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौँ । साथै आगामी दिनमा अझ सशक्त भएर आउने छौँ । हामीमा भएका कमी कमजोरीलाई यहाँहरुले औल्याईदिदैं र रचनात्मक सुझाव समेत दिनु हुन्छ भन्ने आशा लिएका छौँ । आगामी दिनहरुमा समेत तपाईहरुको अमूल्य सहयोग, सल्लाह र मायाको अपेक्षा गर्दछौँ ।

प्रकाशक
जनकपुरटाईम्स डटकम

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here