जानकी मन्दिर दर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्रले भने‘ मधेश होइन, तराई भन्नुस्’

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


चन्द्रदेव साह,

जनकपुरधाम, १ चैत ।

राजतन्त्रको अन्त्यककाे लामोसमय पश्चात पूर्वराजा ज्ञानेन्द्र साह जनकपुर आएर जानकी मन्दिरको दर्शन गरेका छन् । शुक्रबार अपराहन्न उनी जानकी मन्दिरमा दर्शन एवं पूजापाठ गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र साह लाई जानकीचोक देखि जानकी मन्दिरभित्रसम्म रातो कार्पेटमा स्वागत गरिएको थियाे । पूर्वराजालाई स्वागत गर्न समर्थकहरुले पूर्वराजारानीको तस्वीर बोकेका थिए र नेपालका साथै राप्रपाको झण्डा फहराउदै थिए । भने फुलमाला लगाएर स्वागत गरेका छन् । 

पूर्वराजासंग जानकी मीन्दरमा फोटो खिचाउन तथा सेल्फी लिन त्यहाँ उपस्थित राप्रपाका नेता कार्यकर्ता, समर्थक तथा सर्वसाधारणहरु तछाडमछाड गरेका थिए ।

पूजापाठ पश्चात सञ्चारकर्मी जिज्ञासामा उनले भने ‘देशको वर्तमान अवस्था तपाईहरुलाई पनि थाहा छ । “मधेशको अवस्था कस्तो लाग्छ ?” भन्ने जिज्ञासामा उनले भने ‘मधेश होइन तराई भन्नुस् ।उनले पूजाअर्चनामा जानकी मातासंग देशमा शान्ति र जनताको भलो होस् भन्ने कामना गरेको बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here