समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । खेलकुदको क्षेत्रमा आफ्नो पुरानो साख जोगाउन जनकपुरमा दोश्रो मिरा गिरी पुरुष तथा महिला खुल्ला राष्ट्रिय ह्याण्डल बलको प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्यको लागि खेलकूद राष्ट्रको लागि खेलकूद’ भन्ने मुल नाराका साथ अनुमानित २० लाख रुपैयाको लागतमा भोलीदेखि प्रतियोगिता भोली देखि सुरु हुने भएको छ ।

जिल्ला ह्याण्ड बल संघ धनुषाले आयोजना गर्न लागेको खेलमा स्थानीय तथा प्रदेश सरकार उदाशीन रहेको र असहयोग समेत गरेको आयोजकले रोष व्यक्त गरेको छ । संघले आयोजना गर्न लागेको प्रतियोगिताको लागि सम्बन्धीत सरोकारबाला निकाय प्रदेश सरकार र स्थानीय सरकार अहिले सम्म कुनै सहयोग नगरेको आयोजकले आक्रोस व्यक्त गरेको हो ।

जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको बारेमा जानकारी गराउँदै सहयोगको लागि सम्बन्धीत सबै पक्षसँग अपिल गरेका छन् ।

खेल जनकपुरको ऐतिहासिक रंगभुमि भैदान बाह्रबिघामा हुन लागेको प्रतियोगितामा देश भरीबाट पुरुष र महिला गरी जम्मा १२ वटा टिमको सहभागिता हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा नेपाल आर्मीको पुरुष महिला टिम, सशस्त्र प्रहरीको महिला पुरुष टिम, पोखराको महिला पुरुष टिम, काठमाडौं, पुर्वाञ्चलबाट महिला टिम र आयोजक जनकपुरको महिला पुरुष टिम सहभागि हुने ह्याण्ड बल प्रतियिोगिताका खेल संयोजक सरोज मिश्रले बताएका छन् ।

फागुन ७ गतेदेखि सुरु हुने खेलमा जम्मा १६ वटा खेल चार दिनसम्म चल्ने र फाईन खेल आउँदो शनिवार फागुन १० गते हुने मिश्रले जनाए ।

प्रतियोगितामा बाहिरबाट आएका खेलाडीहरुको भोजन, आवास र यातायात खर्च आयोजक संघले व्यहोर्ने संघका अधयक्ष विमलेश सिंहले जनाएका छन् ।

प्रतियोगिातमा प्रथम हुने महिला टिमलाई नगद ५१ हजार र ट्रफी, दोश्रो हुनेलार्य नगद ३१ हजार ट्रफी र तेस्रो हुने समुहलाई नगद २१ हजार र ट्रफी प्रदान गरिनेछ । त्यस्तै पुरुष तर्फ प्रथम हुने टिमलाई नगद ३१ हजार र ट्रफी, दोश्रोलाई २१ हजार र तेस्रो हुनेलाई ११ हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

खेलका लागि सरोकारवाला सबै निकाहरुले अहिलेसम्म आश्वासन बाहेक एक रुपैया सहयोग नगरेकोले खेलको आयोजनमा सहयोगको लागि सबै पक्षलाई आग्रह गरे ।

नेपालले खेलकुदको इतिहासमा आफ्नो छुट्टै ईतिहास रच्न सफल भएको हुँदा जनकपुरमा यति बेला खेल र खेलाड़ीहरुको अवस्था दयनीय रहेकोले गर्दा पनि आफ्नो पुरानो साख फर्काउन खेलकुदलाई प्राथमिकता दिनुपर्ने सरकारनै उदाशिन रहेको प्रति आयोजकले चिन्ता व्यक्त गरे ।

आफुहरु सदैव खेल र खेलाड़ीहरुको लागि कलम चलाएर सहयोग गरेको र आगामी दिनमा पनि सबै खालको सहयोग गर्ने नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले प्रतिबद्धता व्यक्त गरे ।

खेलको उद्घाटन प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले गर्नेछ । पहिलो खेलमा भोली(बुधवार) बिहान नेपाली सेना र शसस्त्र प्रहरीको महिला टिमबीच हुने आयोजकले बताएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here