समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । ‘कमला बचाउ अभियान’को साप्ताहिक जागरण तथा वृक्षारोपण कार्यक्रम अन्तर्गत शनिबार सीमावर्ती क्षेत्रमा कार्यक्रम गरिएको छ ।

धनुषाको पूर्वी दक्षिण भारतीय सीमासँगै रहेको इनर्वा घाटमा ‘कमला बचाउ अभियान’को साप्ताहिक जागरण कार्यक्रम गरियो । यहीवर्षको असार अन्तिमतिर कमला नदीमा आएको बाढीका कारण विस्थापित भएका स्थानीयहरुसँग अभियानीहरुले छलफल गरेका छन् । ‘कमला बचाउ अभियान’द्वारा आयोजित उक्त कार्यक्रममा सहभागी स्थानीयहरुले अहिले पनि कमला नदीको त्रास कायमै रहेको बताएका थिए ।

नेपाल भारतको सीमामा पर्ने धनुषाको इनरवा गाउँमा कमला नदीको पश्चिमपट्टी धनुषातर्फमा परेको कमला बाध भारत छेउबाट इनर्वा गाउँमा बाँध नपरेकै कारण अहिले पनि स्थानीयहरु पीडा भोग्न बाध्य छन् । वर्षाको समयमा त्यहाँको जनता त्रासमय जीवनयापन गर्नुपरेको जनगुनासो अभिायनको क्रममा गरिएको थियो ।

‘कमला बचाउ अभियान’मा सहभागी भएका जनकनन्दीनी गाउँपालिका वडा नं. १ इनरवाका वडाध्यक्ष धर्मेन्द्र यादवले कमला नदीमा आएको बाढीका कारण उक्त गाउँका करिव ७२ विस्थापित हुनुपरेको बताए । विस्थापित हुने करिब सबै घरपरिवार दलित समुदायको रहेको बताएका छन् । नेपाल र भारत दुवै सरकारसँग बाधँको लागि पहल गरिदिन अभियानीसँग पीीडतहरुले आग्रह गरे ।

कमलाको सतह माथि उठेकोले बस्तीहरू डुबानमा परेको ‘कमला बचाउ अभियान’का संयोजक विक्रम यादवले बताए । कमलाको धार्मिक र पौराणिक इतिहास रहेकोले कमला बचाउमा सवै लाग्नुपर्ने जीकिर गरे । कार्यक्रममा कमला बचाउ अभियानमा जनक नन्दनी गाउपालिकाको पुर्ण सहयोग रहने गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखले बताए ।

उनले आउँदो आर्थिक वर्षमा गापाको निती तथा कार्यक्रममा कमला बचाउ अभियानको कार्यक्रम राखिने बताए । कमला बचाउ अभियान अन्तर्गत जनक नन्नदनी गापामा पर्ने कमला बाँधमा बाँस, बेत, सोहिजन र केलाको बोट लगाउने र त्यसको जिम्मा गापा र स्थानीय समुदायले लिने गरि व्यवस्थापन गरिने गापाको उपाध्यक्ष भारती कार्कीले बताइन । व्यक्तिलाई पनि फाइदा हुने तथा कमलाको पनि संरक्षण हुने उपाध्यक्ष कार्कीले बताईन् ।

कमलामा बगर खेती गर्नुको साथै वृक्षारोपन गरि कमला बचाउ सकिने कृषि ज्ञान केन्द्रको प्रमुख शंकर प्रसाद साहले बताए । उनले भने,–‘राजनीतिक भन्दा माथि उठेर कमला बचाउ अभियानलाई सबैले सहयोग गर्नुपर्ने आवश्यकता छ ।’ मलाह जात अर्थात सहनी समुदायको मुख्य देउताको रूपमा कमला माता पुजा गर्ने गरेको खजुरी मा.वि.का प्र.अ. हरिलाल सहनीले औँल्याए ।

सो कार्यक्रमको क्रममा कमला बचाउ अभियानलाई दिगोपन दिन तथा सबैलाइ विश्वासमा लिइ अगाडी बढ्नुपर्ने स्थानीय युवा पुष्पेन्दर यादवले बताए । कार्यक्रममा कमला बचाउ अभियानी राजकिशोर सहलैता, विरेन्दर यादव, सुरेन्दर यादव, श्याम सिंह, रूपेश विराजी, पत्रकार नरेश बरबरिया यादव, किशोर मण्डललगायत स्थानीय नागरिक समाज, महिला तथा वुुद्विजीवीहरुको उपस्थित रहेको थियो । मानवअधिकारकर्मी एवं कमला कचाउ अभियानको सचिव अभियानी विनोद महराले कार्यक्रमको संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here