समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्ष सम्म चल्ने दावी गरेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं.को प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले, ‘ हल्लाको पछाडी नलाग्नुस, यो सरकार मधेश जनताको म्यान्डेटले बनेको हो, पाँच वर्ष सम्म चल्छ , न सरकार फेरिन्छ, न मन्त्री ।’

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै सखाप पार्ने षडयन्त्र गरि रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पारे।

यो सरकार सिक्ने क्रममा रहेको र कर्मचारी तन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गर्दै उनले मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नं. २ माथिनै रहेकाले आफुहरु झिना मसिना कुरामा नअल्झिने समेत स्पष्ट पारे ।

एक अर्को प्रसंगमा मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानून समस्याहरु आएकोले ढिलो हुन गए पनि अवको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने र्तैयारी शुरु भै सकेको स्पष्ट पारे ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं. २का अध्यक्ष नन्द किशोरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले इन्जिनियर्संहरुको सेवा सुविधानको लागी प्रदेश सरकार प्रतिवद्ध रहने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here