समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मुलुक एकात्मक शासनबाट संघात्मक शासनमा गईसकेको छ । हाल मुलुकमा तीन तहको सरकार रहेको । संघीय, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारको आ–आफ्नै जिम्मेवारी र दायित्व छ । अधिकारको हिसाबले पनि तीनै तहको सरकार आफैँमा अधिकार सम्पन्न शक्तिशाली सरकार हो ।

संघ, प्रदेश र स्थानीय सरकारको आ–आफ्नै काम, कर्तव्य र अधिकार तथा जिम्मेवारी छ । सोही अनुसार स्थानीय तहमा न्यायिक निकाय अर्थात् न्यायपालिका गठन समेत गरिएको छ । एकात्मक शासनमा पहिला–पहिला संघ मातहत मात्रै हुने न्याययिक निकाय मुलुक संघीयतामा गएपछि तल्लो तहसम्मै पुगेको छ । स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा तीन सदस्यीय न्यायिक बेञ्च रहने व्यवस्था संविधानमै उल्लेख गरिएको छ ।

सोही अनुसार मुलकको प्रत्येक स्थानीय सरकारले न्यायिक बेञ्च गठन गरि कार्यान्वयनमा ल्याएको छ । तर अरुलाई न्याय दिने अधिकार सम्पन्न सोही न्यायपालिका प्रमुख आफैँ अन्यायमा परेको भन्दै यतिखेर न्याय खोज्दै भौतारिरहेका छन् ।

न्यायपालिका भन्नाले आम सर्वसाधारणलाई न्याय दिलाउने एक न्यायिक संस्था हो । तर, अचम्म लाग्छ जब थाहा हुन्छ कि न्यायपालिकामा न्याय दिलाउने व्यक्ति नै अन्यायमा परेका छन् । सुन्दा पत्यार लाग्न नसक्ला, तर यो कुनै फिल्मी कथा नभई वास्ताविक घटना हो ।

धनुषाको औरही गाउँपालिकाकी उपाध्यक्ष तथा न्याययिक समितिकी संयोजक मिरा देवी सहनीले आफ्नै पतिबाट हिंसा पीडित भई अन्यायमा परेको भन्दै प्रहरी प्रशासनलाई गुहारेकी छिन् । उपप्रमुख सहनीले पति उपेन्द्र सहनीबाट घरेलुु हिंसाको सिकार भएको र पतिले आफूलाई पटक–पटक शारीरिक यातना दिएको बताएकी छिन् ।

गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै पतिले पटक–पटक दिएको यातना उपाध्यक्षमा निर्वा्चित भएपनि नरोकिएकाले न्यायको लागि बाध्य भएर गुहार माग्दै प्रशासनमा पुगेकी बताइन् । पति उपेन्द्रले दैनिकी राति–राति अत्यधिक मदिरा सेवन गरी घर आउने गरेको घर आएपछि अनेकन बहानामा आफुलाई गालीगलौज तथा पटक–पटक कुटपीट गर्दै आएकोले बाध्य भएर जिल्ला प्रहरी कार्यालयमा पतिविरुद्ध उजुरी दिएको उपाध्यक्ष सहनीले बताईन् ।

उपाध्यक्ष सहनीले पति विरुद्ध उजुरी दिएपछि उनका पति उपेन्द्र सहनीलाई प्रहरीले शनिवार पक्राउ गरेको छ । पक्राउ परेका उपेन्द्र सहनीलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवाकक्षमा राखिएको प्रहरीले जनाएको छ ।

‘पतिले जतिखेर पनि रक्सीको नशामा मातेर नानाथरी गाली गर्ने कुटपीट गर्ने जस्ता दुःख दिएपनि घर परिवारको प्रतिष्ठा बचाउन सहँदै आएकी थिएँ, उपाध्यक्ष मिराले भनिन,–‘तर जनताबाट निर्वाचित भएपनि पतिले बानी व्यहोरामा परिवर्तन नगरेको र अति भएपछि मात्रै प्रशासनमा पुगेकी हुँ ।’ पतिले गरेको झैँ–झगडाकै कारण करिब एक महिनादेखि उनी नगरपालिकाको कार्यलयमा गएकी छैनन् । जसकारण न्यायिक समितिको कामकाज पनि प्रभावित भएको छ ।

इलाका प्रहरी कार्यालय औरही र जिल्ला प्रहरी कार्यालय धनुषामा परेको उजुरीपछि यसअघि पनि उनलाई पक्राउ गरि २२ दिन थुनामा राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here