समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
काठमाण्डाैं । दशरथ रंगशालामा भव्य समारोहकाे आयोजनागरी नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरीएकोहो।
सरकारले भ्रमण वर्षमा २० लाखपर्यटक भित्र्याउने र वर्ष २०२० लाई आउदो १० बर्षलाई पर्यटन अभियानकाे रुपमा अगाडी बढाउने आधार रुपमा लिएको छ ।
दशरथ रंगशालामा आयोजित नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले पानस प्रज्वलनगरी भ्रमण वर्षको उद्घाटनगरेकी हुन् ।
भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानकोरुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताइन् ।त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनलेबताइन् ।
उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले नेपालकोभ्रमण गर्न आग्रह गरिन् ।
राष्ट्रपति भण्डारीले प्रकृतिलाई विगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताइन् ।