समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । मकवानपुरको दामनस्थित एक रिसोर्टमा बेहोस भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

मंगलबार बिहान दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा एक रिसोर्टमा बेहोस भएर उपचारका लागि काठमाडौँ ल्याइएका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

मुत्यु हुनेमा ४ पुरुष र ४ महिला पर्यटक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बेहोस अवस्थामा भेटेपछि हाोटलका कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई कर्मचारीले खबर गरेका थिए । त्यसलगत्तै उनीहरुलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

१५ जनाको समूहमा आएका भारतीय पयर्टकहरु ६ जना एउटा कोठामा र ८ जना अर्कोमा सुतेका थिए ।

झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा आठ जना सुतेका ती पर्यटक आज बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरुलाई बेहोस अवस्थामा भेटेपछि होटलका कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए ।

पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here