समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ओमानलाई २५० रनको विशाल लक्ष्य दिएको छ । आईसिसि विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेपालले पुरै ५० ओभर खेलेर २५० रनको लक्ष्य दिएको हो ।

नेपालका लागि ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पारी खेले । उनले ६ चौका र १ छक्काको सहयोगमा ५६ रन दिए । अर्का ओपनर सुवास खकुरेलले २२ रन दिए ।

त्यस्तै पूर्वकप्तान तथा पारस खड्काले ३८, कुशल मल्लले २८, आरिफ सेखले २८, विनोद भण्डारीले ३५, करन केसीले १०, सन्दिप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए । दिपेन्द्रसिंह ऐरी भने शुन्य रनमै आउट भए ।

ओमानको लागि इक्यब आलिएसले ४ र मोहम्मद नाबिले ३ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here