समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपालमा थप एक जना व्यक्तिमा काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि भएकाे छ । याेसँगै नेपालमा २ जनामा यसकाे संक्रमण भएकाे भेटिएकाे हाे । यसअघि गएकाे शुक्रबार एक जना व्यक्तिमा संक्रमण भएकाे पुष्टि भएकाे थियाे । 

संक्रमण भएका दुवै जना चीनबाट नेपाल फर्केका हुन् ।   

चीनबाट फर्कने क्रममा विमानस्थलबाटै आइतबार अस्पताल ल्याइएका २ जनामध्ये एक जनामा यसकाे संक्रमण भएकाे पुष्टि भएकाे हाे । अस्पतालले भाइरसकाे संक्रमण भए नभएकाे बारे निष्कर्ष निकाल्न दुवै जनाकाे रगतकाे नमूना हङकङ पठाएकाे थियाे । 

हङकङमा परीक्षणपश्चात एक जनामा यसकाे संक्रमण भएकाे भेटिएकाे पुष्टि भएकाे अस्पतालले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here