समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । चिसोबाट प्रभावित धनुषाका हँसपुर नगरपालिकाका ६० परिवारलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता सुशिल साहले शनिवार कम्बल वितरण गरेको छ ।

नेता साहले नगरपालिकाका वडा नं.९ मा निजी रुपमा कम्बल वितरण गरेको हो । उनले नगरपालिकाका वडा नं.९ का गरिब, दलित, विपन्न तथा असाय व्यक्तिहरुलाई कम्बल वितरण गरेका छन् । उनले जाडोबाट प्रभावित व्यक्तिहरुकाे यकिन गरी कम्बल वितरण गरेको हो ।

नेता साहले केही साता यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेको बताएका छन् ।

उनले चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ गरिब, दलित, विपन्न तथा जेष्ठ नागरिकहरुलाई तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण गरेको र आफ्नै खर्चमा यस कार्यलाई निरन्तर दिने समेत प्रतिवद्धता जनाएका छन् ।

नगरमा स्थानीय जनप्रतिनिधि भएपनि स्थानी चिसोको कारण कठ्याङ्गिएर ज्यान गुमाउने अवस्था रहँदा समेत जनप्रतिनिधिले चासो नदिएपद्धि मैले कम्बल वितरण गरेको नेता साहले जनाएको छ ।

अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् ।

शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराई मधेशमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here