समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौँ  । प्रदेश ३ को नाम ‘वाग्मती’ राख्ने र राजधानी ‘हेटौंडा’ बनाउने नेकपाले निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त प्रस्ताव राख्ने निर्णय गरेको हो।

उक्त प्रस्तावका पक्षमा उभिने नेकपा प्रदेश सभा सदस्यलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ। प्रदेशको नाम र राजधानीका विषयमा दुई वर्षदेखि कुनै निर्णय हुने सकेको थिएन। नाम भन्दा पनि राजधानीका विषयमा नेकपाका सांसदहरूबीच मत बाझिएको थियो। प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ। कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन।

प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती लगायत प्रस्तावित थिए भने राजधानी काभ्रे, भक्तपुर र हेटौंडामा विवाद थियो।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here