समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


नुवाकोट, २८ मंसीर ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा अहिलेसम्म १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ गइरहेको मिनीट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा अहिलेसम्म १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जनाएका छन् ।

घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्दार गरी उपचारका लागि स्वास्थ्य केन्द्रमा पठाएको छ भने उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने डीएसपी भट्टराईले जानकारी दिए ।

दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए ।तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here