समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जानकी मन्दिरका जग्गा अतिक्रम बारे जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रतिकृया लिन पुगेका पत्रकार उपर भएको कुटपिट घटनाको विरोध गर्दै यूथ एशोसिएसन अफ नेपालका युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

बिहीवार जनकपुरधामको जनक चौकमा यूथका दर्जनौ युवाहरुले सूचनाको हक कार्यान्वयन गर, प्रेस स्वतन्त्रतामाथि हनन र सूचनाको संवाहक पत्रकार कुटने मेयरलाई कारवाही गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

युवाहरुले हामी पत्रकारको समर्थक होइन तर अन्यायलाई सहदैनौ, पत्रकारमाथि हातपात गर्न पाइदैन, नगर प्रमुख हो कि नगरको माफिया, उपमहानगरपालिकामा गुण्डा राख्या छौ कि कार्यकर्ता लगायतका नारा सहितको प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रदर्शन गरिरहेका एशोसिएसनका युवा आदित्य नेपालले जानकी मन्दिर फुलबारी जग्गाको सम्बन्धमा प्रतिक्रिया लिने जाने पत्रकारलाई कुटपिट गर्ने घटनाले मेयर भ्रष्टाचार गरेको प्रष्ट भएको बताए । उनले पत्रकारलाई प्रतिकृया लिन जाँदा घण्टौ कुराउने र त्यसपछि नगर प्रहरी सहित कार्यकर्ता लगाएर कुटपिट गराएको घटना प्रति आपत्ति जनाएका छन् ।

मेयर साहले आफ्ना भ्रष्टाचार लुकाउन मिडिया समक्ष प्रस्तुत हुन चाहिरहेको छैन उनले भने । सूचना माग्ने पत्रकारहरुमाथि पदको दुरुपयोग गर्ने मेयरले गल्ती स्वीकार गरी माफी न माँगेसम्म हाम्रो आन्दोलन जारी रहनेछ । गलतको लागि हामी पछि पर्दैनौ जुनसुकै आन्दोलन गर्न तयार छौ ।

त्यस्तै यूथ एशोसिएसन अफ नेपालका अर्का युवा सर्वजित यादवले भ्रष्टाचारलाई पर्दाफास गर्ने देशकै चौथो सूचनाको मूल सम्वाहक पत्रकार हुन र तिनीहरु नै जनप्रतिनिधिबाट कुटिनुको अर्थ यहाँका जनता र सेवाग्राही सुरक्षित छैन, यसप्रति सम्बन्धित निकायले ध्यान दिनै पर्छ, दोषी मेयरमाथि कारवाही हुनै पर्छ यदि भएन भने कडा आन्दोलन गर्ने चेतावनि समेत दिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here