समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २ पुस ।

नक्कली नागरिकता सहितको विभिन्न कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

नक्कली नागरिकता, पासपोर्ट, जन्मदर्ता, मृत्युदर्ता लगायतका कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी सहित चार जना पक्राउ परेको दुई दिनपछि थप तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुण कुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

यसअघि शुक्रवार नक्कली नागरिकता बनाउने गिरोहका चारजना मध्ये जिल्ला प्रशासन कार्यालयकै कार्यालय सहयोगी महाविर मण्डल समेत रहेका थिए । उनी सहित पक्राउ पर्ने कर्मचारीकाे संख्या पनि ४ जना पुगेकाे छ ।

प्रशासनले गिरोहमा कर्मचारी सहित केही जनप्रतिनिधिहरुको समेत संलग्नता हुन सक्ने भन्दै छानबिन प्रक्रियालाई तीब्र बनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here