समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई भेटेका छन् ।

आईतबार बिहानै टोली सहित घटना स्थल पुग्नु भएको मुख्यमन्त्री राउतले घाइते हरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रती मृतक राहत समेत उपलब्ध गराउने बताए ।

मृतक परिवार लाई उपलब्ध गराईने रकम बारे आउदो मन्त्री परिषद्को बैठक बाट निर्णय गरिने बताए ।

टोलिमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सद्स्य सिघासन सा कलबार सहितको सहभागिता रहेको थियो ।

बम बिस्फोट को घटना मा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छ । घाइते हरुको उपचार धरान मा भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here