साँकेतिक तस्वीर
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम। धनुषामा अवैध खोला उत्खननको विरोध गर्ने एक युवकको ट्रिवरले किचेर हत्या गरिएको छ ।

जिल्लाको मिथिला नगरपालिका ५ श्रीपुरका रामजीवन महतोका छोरा ओमप्रकाश भनिने २४ बर्षीय दिलीप कुमार महतोको हत्या गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन् ।

खोलाको उत्खनन गर्ने विरुद्ध बौल्दै आएको महतोलाई आज(शुक्रवा) बिहान करिब ५ बजे घर नजिकै रहेको खोलामा मोनिङ्ग वाक जाँदा ट्रिपरले किचेर हत्या गरिएको प्रहरीले जनाएको छ । खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको हो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ । टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक यादवले बताए। घटना पश्चात् टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा स्थानीय भेला भएर घटनाको विरोध गरिरहेका छन्। गिट्टीबालुवा उत्खनन गरिरहेकै ठाउँमा उनको हत्या भएको हो। घटनाको विरोधमा स्थानीयले मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here