समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, २२ पुस ।
धनुषामा एक अबोध बालिकालाई घरमा थुनेर बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।
धनुषाको हंशपुर नगरपालिका घर भएकी ५ वर्षिया मुखिया थरकी बालिका शुक्रवार दिउँसै बलात्कृत भएकी हुन् । स्थानीय अन्दाजी ४५ वर्षिया कल्याण बहादुर कार्कीले बलात्कार छन् । घटनापछि कार्की फरार भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको फुलवारीमा रहेको स्कूल पढ्न गएकी बालिकालाई चकलेटको लोभ देखाएर घर लगी कार्कीले बलात्कार गरेको स्थानीयले जानकारी दिए । बलात्कारपछि बेहोस् अवस्थामा बालिका घर पुगेकी थिइन् । त्यसपछि बालिकाकी आमाले स्थानीय र प्रहरीलाई खबर गरेका थिए । बोल्न समेत नसक्ने अवस्थामा ति बलात्कृत बालिका जनकपुरस्थित अंचल अस्पतालमा उपचार गराएर घर फर्किसकेकी छन् ।
पीडित परिवारले बलात्कार गर्ने कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको छ । इन्सेपक्टर उमाशंकर साहले घटनाका आरोप विरुद्ध पीडित परिवारले जाहेरी दिएपछि उनको खोजी सुरु गरिएको जानकारी दिए । हंशपुर घर भएका कार्कि पछिल्लो समय घरजग्गा बेचेर गोदार बस्दै आएका छन् । सम्पत्ति बेचिसकेका कारण कार्की कहिले काँही मात्र हंशपुर आउने गरेका थिए ।
केहिदिन अगाडी धनुषाकै ढल्केबरमा एक सात बर्षिया अपाङ बालिका बलात्कृत भएकी थिइन् । उक्त घटनाका आरोपी पक्राउ परिसकेका छन् । मधेसमा पछिल्लो समय बालिका बलात्कारको घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । आजको जनकपुर टुडेमा प्राथमिकताका साथ यो समाचार प्रकाशित गरिएको छ ।