समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको सवैला नपा १० बस्ने दीपनारायाण साहका १४ महिने छोरा गोलु साह अपहरणमा छन् । मङ्सिर १५ गते साँझ घरमै सुति रहेको अवस्थामा बच्चा सम्पर्कविहिन भएका हुन् । घरमै सुति रहेको बेलामा कसैले बच्चालाई अपहरण गरेको दीपनारायण साहले बताएका छन् ।

मङ्सिर १५ गते साँझदेखि घरबाटै हराइ रहेको बच्चा खोजि दिन भन्दै इलाका प्रहरी कार्यालय सवैलामा मङ्सिर १८ गते बेलुका दीपनारायण साहकी जेठी श्रीमती रिता साहले उजुरी दर्ता गराएको इलाका प्रहरी कार्यालय सवैलाका प्रमुख रहेका सइ मनोज यादवले बताए ।

प्रहरी सई मनोज यादवका अनुसार घटना भएकै दिन मौखिक रुपमा इलाका प्रहरीमा जानकारी आएसंगै गोलु साहको खोजी हुदै आएको छ । दीपनारायण साहको दुई जना श्रीमती छिन् । दुवैको नाम रिता साह रहेको छ । कान्छी श्रीमती रिता साहले १४ महिना पहिले गोलु साहको जन्म दिएपछि छोरालाई घरमै छोडेर उनी दीपनारायण साहलाई छोडेर अर्कै केटासंग भागेर विवाह गरेको छ ।

छोरा गोलु साहलाई छोडेर अर्कै केटासंग भागेपछि दीपनारायण साहकी जेठी श्रीमतीले हेरचाह गर्दै आएकी थिइन् । प्रहरीले अहिलेसम्म अपहरणमा परेका भनिएका गोलु साह र उनलाई अपहरण गरेको हुन सक्ने आशंका गरिएको रिता साहको खोजी हुदै आएको छ । प्रहरीले आंशका गरिएका रिता साहसंगै आफनै तरिकाले समेत अनुसन्धान गर्दै आएको सई मनोज यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here