समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ४ पुस ।
धनुषाको हंसपुर नगरपालिका ५ बाट मंगलवार हतियार सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नगरपालिका ५ निकाल चोकबाट सोही गाउँपालिका ५ का ३१ वर्षीय (बच्चन) भन्ने बेचन मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मण्डललाई १ थान पेस्तोल,१ थान म्यागजिन र ६ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मण्डललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिषेश टोलीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा पक्राउ परेका मण्डललाई हातहतियार खरखजाना मुद्धामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।