समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान र श्रीमतिको मृत्यु भएको छ । जिल्लाको गनेशमान चारनाथ नगरपालिका वडा नं.६ स्थित गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान एक आपसमा टक्राउँदा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

गणेशमान चारनाथ वडा नं. ४ का ५० वर्षीय जोगेन्द्र साह र उनको श्रीमती ४० वर्षीय प्रमिला साहको मृत्यु भएको छ भने उनका १० वर्षीय छोरा जोन कुमार साह सामान्य घाइते रहेको धनुषा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here