समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु र दुई जना गम्भीर घाईते भएका छन् ।

जिल्लाको हँसपुर नगरपालिका ९ अन्तर्गत जनकपुर–यदुकुहा सडक खण्डमा २ वटा मोटरसाईकल एक आपरमा ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएको हो ।

शनिवार बेलुका करिब ४ बजे औरही गाउँपालिका १ झिटकोहिया चौक र हँसपुर नगरपालिकाको बालगंगा चौकको बीचमा रहेको हनुमान मन्दिरदेखी करिब २ सय मिटर पुर्वमा दुर्घटना भएको हो । पूर्वबाट ज ११ प ६३९० र विपरित दिशाबाट आइरहेको ज १० प २९७७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा हँसपुर नगरपालिका ६ सोनिगमाका २० वर्षीय नवीन राय रहेका छन् भने उनीसँगै मोटरसाइकमा सवार रहेका सोही गाउँका २२ वर्षीय संजय मुखिया र औरही गाउँपालिका १ का झिटकोहिया २५ वर्षीय इनर मंडल गम्भीर घाइते भएको जनाएको छ ।

घाइतेहरुको उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here