समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा मोबाइलको मेमोरीको विषयमा विवाद हुँदा घरपरिवारले बुहारीलाई कुटि कुटि घाइते बनाइ घाँटी थिचेर हत्या गरेका छन् । धनुषाको औरही गाउँपालिका २ बस्ने अनिलकुमार पासवानकी श्रीमती २२ वर्षीया चिन्तामणि पाशवानको पतिसहित घरपरिवारले हत्या गरेका हुन् ।

गएको शनिवार दिउँसो १ बजेको समयमा नन्द पुनिता पासवानसंग चिन्तामणिको मोबाइलको विषयमा झग्डा भएको थियो । सोहि विषयलाई लिएर श्रीमान ३० वर्षका अनिल, सासु ४५ वर्षीया कुमला पासवान, ससुरा ५५ वर्षीया राधाकृष्ण पासवान र नन्द २० वर्षीया पुनिता पासवान समेतले मिलेर कुटि कुटि घाइते बनाए अन्तिममा घाँटी थिचेर चिन्तामणिको हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमा वस्नेतले जानकारी दिए ।

सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी चिन्तामणिको घटनाका अभियुक्तहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी निरीक्षक वस्नेतका अनुसार विवाद हुँदा चिन्तामणिलाई घरपरिवार मिलेर कुटपिट गरी घाँटी थिचेर हत्या गरे पश्चात घटनालाई लुकाउन झुण्डेपछि गम्भीर घाइते भएको भन्दै अटो रिक्सामा जनकपुर स्थित प्रादेशिक अस्पतालको अकास्मिक कक्षमा उपचारको लागि ल्याएको थियो ।

प्रहरीलाई त्यस विषयमा जानकारी हुँदा संकास्पद देखिएपछि अनुसन्धान गर्दा चिन्तामणिको घरमै हत्या गरेर घटना लुकाउन शव प्रादेशिक अस्पतालमा ल्याइएको खुलेको प्रहरीले जनाएको छ ।

घटना पश्चत फरार घरपरिवारका सदस्यहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक वस्नेतले बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here