समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोईलमा मोटरसाईकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हुलाकी राजमार्ग अन्तर्गत भोईल नजिकै भएको मोटरसाईकल दुर्घटनामा परी अन्दाजी बर्ष ४२ का विनोद यादवको मृत्यू भएको हो । मृतक यादवको ठेगाना भन्ने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कपिलेश्वरले जनाएको छ ।

८५६५ नम्बरकाे साईन मोटरसाईकललाई कुनै तीव्र गतिमा गएको सवारी ठक्कर दिएर भागेको हुन सक्ने बताईएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here