समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ४ माघ । लागूऔषध नाईट्रोभ्याट ट्यावलेट सहित धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनुषाको धनौजी गाउँपालिका ४ स्थित प्रहरी चौकी धनौजि धनुषा कार्यालय अगाडि खटिएको चेकिङ्ग प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ज १ ह २७७९ नम्बरको टेम्पोमा चालकको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले लागूऔषध ३०० पिस नाईट्रोभ्याट ट्यावलेट फेला पारेको हो ।
टेम्पो चालक धनुषा स्थित मिथिला नगरपालिका २ बस्ने वर्ष १६ को बिक्रम मेस्तर तथा उक्त टेम्पोमा सवार सोही स्थान बस्ने वर्ष १७ को जितेन्द्र कुमार महतो र जिल्ला धनुषा छिरेश्वरनाथ नगरपालिका ५ बस्ने वर्ष १९ को महमद नुर खाँनलाई टेम्पो सहित नियन्त्रणमा लिएको छ ।