समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । टिप्परको ठक्करबाट जनकपुरमा एक महिलाको ज्यान गएको छ।

टिप्परको ठक्करले जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने अन्दाजी ४५ वर्षीया महिला सुधादेवी ठाकुरको ज्यान गएको हो।

मन्दिरबाट पूजा गरेर फर्किँदै गरेकी सुधालाई ना१क ४५०९ नम्बरको टिप्परले जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिक ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते सुधाको उपचारको क्रममा जानकी हेल्थ केयर सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here