समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको जमुनिवास बस्ने ३५ वर्षीय फूलमाया घिसिङमाथि छुरा प्रहार भएको छ । आइतवार बेलुका सोही ठाउँका ३८ वर्षीय संजीत भनेर चिनिने सरद कुमार थिँगाले प्रहार गरेको चक्कुले टाउको फुटेको र शरिरको विभिन्न भागमा गहिरो घाउ लागेको छ । 

घरमा आएर महिला उपर बलपूर्वक चक्कु प्रहार गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक राम कुमार यादवले जानकारी दिएको छ । चक्कु प्रहारले घाइते भएकी फूलमाया घिसिङलाई धनुषाको मिथिलानगरपालिका ३ स्थित लालगढ मोडेल हस्पिटलमा भर्ना गरिएको छ ।

घटना लगतै जानकारी पाएका इलाका प्रहरी कार्यालय ढल्केवरको इन्स्पेक्टरको कमाण्डमा गएको प्रहरीको टोलीले आरोपित सरद कुमार थिँगालाई आइतवार साँझ नै गिरफतार गरेको छ । 

फूलमायाको घरमा गएर अपशब्द गाली गर्दै गर्दा अपशब्द किन प्रयोग गरेको, गाली किन गरेको भनेर सोध्दा एक्कासी सरद कुमार थिँगाले चक्कु प्रहार गरेको प्रहरी नीरिक्षक यादवले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भई रहेको इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिदै पिडित उपचारकै क्रममा रहेकाले पिडितको तर्फबाट पुस १४ गतेसम्म लिखित उजुरी नआएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here