समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा एक महिलामाथि बलात्कारको प्रयास भएको घटना बाहिरीएको छ । खेतमा घाँस काटिरहेको समयमा महिलामाथि बलात्कारको प्रयास भएको हो ।

जिल्लाको औरही गाउपालिकाकि २५ वर्षिय एक महिलामाथि खेतमा घास काटिरहदाँ बलात्कारको प्रयास भएको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा परेको छ । २५ वर्षिय महिला खेतमा घाँस काटिरहेको समय करिब ३५ वर्षिय गाउँकै छिमेकी रामकुमार यादवले बलात्कारको प्रयास गरेको आरोप महिलाले लगाएकी छिन् ।

पिडित महिला शुक्रवार जिल्ला प्रहरी कार्यालय धनुषामा यादव विरुद्ध उजुरी दर्ता गराएकी छिन् । पिडित महिलाकी अनुसार आफु खेतको आलीमा घास काटिरहदाँ रामकुमारले कुदृष्टिले हेरी रहेको र उसको नजरिया हेरेपछि भाग्न खोज्दा आफुलाई लखेटेर जर्वजस्ती खेतमा हातपात गर्दै भुईमा खसालेको आरोप लगाइन् ।

पिडित महिलाले आफुले गुहारको लागि हल्ला गर्दा हजुरबुवा शिवशंकर मुखिया आएपछि रामकुमार फरार भएको बताइन् ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका अपराध तथा अनुसन्धान शाखाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले महिलाले उजुरी दर्ता गराएको जानकारी दिए । बलात्कारको प्रयास गर्ने यादव प्रहरीको नियन्त्रणमा रहेको छ भने महिलालाई स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइने तयारी रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here