समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नं. ३ बडहरीमा एक महिलाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ ।

बडहरीस्थित रेडक्रसको भवनमा रहेको वागवानीमा पुस ९ गते १ बजेतर्फ जनकपुरधाम उपमहानगरपालिका २२ कुर्था बस्ने श्रीप्रसाद पँजियारले आफ्नै बुहारी अन्दाजी वर्ष २८ की रानी देवि पंजियारलाई हत्या गरि भागेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिएका छन् ।

मृतक रानीदेवी पंजियारले जिउँदै रहेको अवस्थामा आफुमाथि जेठाजु श्रीप्रसाद पंजियारले धारिलो हतियार प्रहार गरेको बताएको आधारमा फरार श्रीप्रसादको खोजी भई रहेको प्रहरी इन्स्पेक्टर यादवले बताएका छन् । प्रारम्भिरक अनुसन्धानअनुसार महिला आफनो बहिनीको घर र जेठाजु साढुको घरमा बडहरी आएको बेलामा भएको विवादले गर्दा बुहारीमाथि हतियार प्रहार गरि भागेको स्थानियले जनाएका छन् ।

हतियार प्रहारबाट गम्भिर घाइते भई लालगढस्थित मोडल अस्पतालमा प्राथमिक उपचार गरि जनकपुरस्थित प्रादेशिक अस्पतालमा थप उपचारको लागि पठाइएको थियो । रानीको जनकपुरमा उपचार सम्भव नभएपछि बाहिर पठाउन एम्वुलेन्समा राख्दै जाँदा मृत्यु भएको प्रहरी इन्स्पेक्टर यादवले बताएका छन् ।

मृतक रानीको टाउको पछाडी खुकुरी प्रहार भएको, मुख, नाक काटिनुको साथै हातको कान्छि औंला समेत काटिएको छ । प्रहरीले घटनास्थलबाट ज्याकेट, चप्पल, खुकुरी, महिलाको स्कार्फलगायतको सरसमान बरामद भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here