साँकेतिक तस्वीर
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम। अज्ञात समुहले धनुषाको एक वृद्धलाई कुटपिट गर्दै हजारौ रकम लुटेर फरार भएका छन् ।

सिरहाको नरहाबाट घरतर्फ आउँदै गरेका शहिदनगरपालिका वडा नं.१ बस्ने ५२ वर्षीय सुर्यदेव यादवलाई विहिवार साँझ ६ बजे कमला नदीस्थित रामघाट भन्ने स्थानमा ६,७ जनाको समुहमा आएका युवाहरुले कुटपिट गर्दै उनीसंग भएको १८ हजार नगद रुपैया लुटेर फरार भएका छन् ।

घटनाबारे इलाका प्रहरी कार्यालय सवैला र इलाका प्रहरी कार्यालय यदुकोहामा खबर गरेको पिडित सुर्यदेव यादवले जानकारी दिएका छन् ।

अज्ञात समुहको कुटपिटबाट सुर्यदेव यादव सामान्य रुपमा घाइते भएका छन् । उनको स्थानिय क्लिनिकमा उपचार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here