समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा बम बिस्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।

गएराती जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ५ स्थीत महेन्द्रनगरमा करिब १२ बजेर १० मिनेटमा शक्तिशाली बम बिस्फोट हुँदा २ जनाको मृत्युसहित प्रहरी इन्सपेक्टर गरि ६ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।

बम राजेश्वरको घरको शौचालय नजिक राखिएको थियो । बम राखिएको खबर पाए लगत्तै घटनास्थलमा ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट एकीन गर्न पुगेको बेला बिस्फोट भएको थियो । बिस्फोटमा प्रहरी निरीक्षक अमिर दहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुको उपचार जनकपुर प्रादेशिक अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि धराण लगिएको जनाएको छ । अन्य २ जना समान्य घाइते भएको बताइएको छ

घरमुली साह विगतदेखि नै मोटो रकम ऋण लगानी गर्दै आएको कारण कसैले उनीहरुलाई हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान त्रिव्र बनाएको छ ।

घटनास्थल ईलाका प्रहरी कर्यालयको ३।४ सय मिटरको दुरीमा रहेको छ ।

तस्वीर : दुधमती एफएम

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here