समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, १७ माघ ।
शिक्षा विकास समन्वय इकाइ समितिले धनुषाका सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई मोबाईल बोक्न रोक लगाउने निर्णय गरेका छन् ।
समन्वय समिति धनुषाको मंगलबार बसेको बैठकले विद्यालयमा राजनीति एवंम् सभासम्मेलनमा रोक लगायतका २३ निर्णयहरु गरेका छन् । इकाइले गरेको निर्णयहरु जिल्लाका सबै सामुदायिक विद्यालयलाई कार्यान्वयनका लागि निर्देशन गरिएको शिक्षा विकास समन्वय इकाइ समिति धनुषाका अध्यक्ष बर्खुप्रसाद रजकले जानकारी दिएका छन् ।
बैठकले विद्यालयको आय व्यय पारदर्शिता, विद्यालयको भौतिक संरचना, फर्निचर, शौचालय व्यवस्थापन, विद्यालयमा कम्प्युटर शिक्षकको माग, विद्यार्थी र क्षिकलाई अनिवार्य पोशाक लगाउनुपर्ने, अतिरिक्त क्रियाकलाप , विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना लगायतको २३ वटा निर्णय गरेको हो ।
साथै इकाइको अर्को बैठकले नीजि विद्यालयको शैक्षिक अवस्था सुधार लगायतका विषयमा निर्णय गरिने रजकले जनाएको छ ।
बैठकमा प्रदेश २ का सामाजिक विकामन्त्री नवल किशोर साह, शिक्षा विकास निर्देशनालय प्रदेश २ का प्रमुख, परीक्षा बोर्डका अध्यक्ष लगायतको विशेष उपस्थिति रहेको थियो ।
अझै के–के भयो निर्णय हेर्नुहोस् यहाँ :